images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • लेखा समितिले बेरुजु फर्छ्याैट गर्नुपर्ने रकम...

लेखा समितिले बेरुजु फर्छ्याैट गर्नुपर्ने रकम ७ खर्ब ३३ अर्ब १९ करोड

लेखा समितिले बेरुजु फर्छ्याैट गर्नुपर्ने रकम ७ खर्ब ३३ अर्ब १९ करोड

images
images
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • प्रतिनिधिसभाअन्तर्गतकाे सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्याैट गर्नुपर्ने रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाभन्दा बढी देखिएको छ ।समितिको मंगलबारको बैठकमा समिति सचिव एकराम गिरीले कार्यक्षेत्र र कार्यबोझबारे प्रस्तुतीकरण गर्दा सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार लेखा समितिले बेरुजु फर्छ्याैट गर्नुपर्ने रकम ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ छ । छलफलमा सांसदहरूले बेरुजु फर्छ्याैटको अंक ठूलो रहेको र नयाँ पनि हेर्नुपर्ने भएकाले गम्भीर हुनुपर्ने बताएका छन् ।

    images
    images

    रास्वपा सांसद विपिन आचार्यले संसदीय समितिको पनि क्यालेन्डर बनाएर जानुपर्ने बताए । ‘हतारमा नभएर आवश्यक परे लामो छलफल गर्ने गरी जाऔँ,’ उनले भने । कति महिनामा कति काम गरियो भनेर पनि अभिलेखीकरण गर्ने प्रस्ताव आचार्यको छ ।  अर्का सांसद गणेश पराजुलीले सबै बेरुजु भ्रष्टाचार नभएको भनाइ राखे । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्र शाहीले लेखा समिति अब एक्सन ओरिन्टेड भएर जानुपर्ने बताए । लेखा समिति प्रभावकारी भएन भनेर टिप्पणी नआउने गरी काम गर्नुपर्ने उनले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend