images

२०८३ आश्विन १६ गते

images
images
images

१० महिनामा काठमाडौं महानगरको खर्च ४१ प्रतिशत

१० महिनामा काठमाडौं महानगरको खर्च ४१ प्रतिशत

images
images
मंगलवार, बैशाख २९ २०८३
मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौँ ।  काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा ४१ प्रतिशत खर्च गरेको छ ।  महानगरपालिका अनुसार वैशाखको तेस्रो सातासम्म करिब ४१ प्रतिशत खर्च गरेको छ । महानगरको वित्त विभागका अनुसार महानगरपालिकाको हालसम्मको कुल खर्च ४०.९४ प्रतिशत र वडाहरूको औसत खर्च ३९.३ प्रतिशत छ ।   महानगरले चालु आर्थिक वर्षका लागि  २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ‍को बजेट  ल्याएको थियो । विभागका अनुसार सबैभन्दा बढी खर्च गर्ने वडाले ५७.१७ प्रतिशत र सबैभन्दा कम गर्नेले १३.२१ प्रतिशत प्रगति हासिल गरेका छन् ।

    images
    images

    महानगरले वडाहरूलाई ठुला, मझौला र साना गरी तीन प्रकृतिमा विभाजन गरेर बजेट विनियोजन गर्ने गरेको छ । ठुला वडा १५ वटा रहेको छ । जसलाई  १० करोड रुपैयाँ थप पूर्वाधारका लागि ७ करोड रुपैयाँ विनियोजन हुन्छ । यस्तै  मझौला वडा ११ वटा रहेका छन  ।  जसलाई वार्षिक ७ करोड ५० लाख रुपैयाँ  र थप पूर्वाधारका लागि ५ करोड विनियोजन भएको छ ।  यस्तै ६ वटा साना वडाहरुलाई वार्षिक वडागत  ५ करोड रुपैयाँ र थप पूर्वाधारका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ । यसबाहेक सामाजिक कार्य, खेलकुद, सरसफाइ र जात्रा पर्व सञ्चालनका लागि पनि वडाहरूलाई छुट्टाछुट्टै बजेट पठाउने गरिएको छ । विनियोजित पूर्वाधार विकास बजेटको न्यूनतम ५० प्रतिशत अनिवार्य रूपमा पूर्वाधारमै खर्च गर्नुपर्ने व्यवस्था छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend