काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको छ ।
बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.८३ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले कुल १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । हाल बैंकको ईपीएस १७.१६ रुपैयाँ छ । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८४.३३ रुपैयाँ रहेको छ ।
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ६.०६ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ७.४१ प्रतिशत र कर्जा तथा सापटी ५.५० प्रतिशत बढेको छ।




.gif)





