images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अब...

नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अब अनलाइनबाटै लिन सकिने

नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अब अनलाइनबाटै लिन सकिने

images
images
सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ । नेपाल टेलिकमले नयाँ प्रिपेड ई-सिम अनलाइनबाटै लिन सकिने सुविधा सुरु गरेको छ । योसँगै अब नयाँ ई-सिम लिनका लागि ग्राहकहरू स्वयं दूरसञ्चार कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हटेको छ ।नयाँ ई-सिम लिन चाहने सेवाग्राहीले टेलिकमको पोर्टल esim.ntc.net.np मा गएर 'Get New Prepaid eSIM' मा क्लिक गरी आवश्यक विवरण भर्नुपर्नेछ । विवरण दर्ता गरेपछि विभिन्न डिजिटल वालेट वा क्यूआर कोडमार्फत भुक्तानी गरेपछि ई-सिमको क्यूआर कोड प्राप्त हुनेछ । 

    images
    images

    उक्त क्यूआर कोडलाई आफ्नो मोबाइलको सेटिङमा गएर स्क्यान गरेपछि सिम सक्रिय हुने टेलिकमले जनाएको छ ।
    यस पोर्टलबाट नयाँ ई-सिम मात्र नभई पहिलेदेखि प्रयोगमा रहेको भौतिक (फिजिकल) सिमलाई ई-सिममा परिवर्तन गर्ने र नयाँ सिमका लागि आवश्यक अनलाइन केवाइसी विवरण भर्ने सुविधा समेत उपलब्ध रहेको टेलिकमले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend