images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • ट्र्याकर बन्द गरेर स्ट्रेट अफ होर्मुज...

ट्र्याकर बन्द गरेर स्ट्रेट अफ होर्मुज पार भए तीन वटा तेल ट्याङ्कर

ट्र्याकर बन्द गरेर स्ट्रेट अफ होर्मुज पार भए तीन वटा तेल ट्याङ्कर

images
images
सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • तेहरान । कच्चा तेल बोकेका तीनवटा ट्याङ्करहरूले स्ट्रेट अफ होर्मुज पार गरेका छन् । इरानी आक्रमणको जोखिमबाट बच्न आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेर यी ट्याङ्करले स्ट्रेट अफ होर्मुज पार गरेको डेटा कम्पनीहरू केप्लर र एलएसईजीको डेटालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचारमा भनेको छ । रिपोर्टअनुसार दुई वटा विशाल तेलवाहक जहाज एगियोस फ्यानोरियस प्रथम र कियारा एमले आइतबार स्ट्रेट अफ होर्मुज पार गरेका हुन् । दुवै जहाजमा करिब २० लाख–२० लाख ब्यारेल इराकी कच्चा तेल लोड गरिएको थियो ।

    images
    images

    भियतनामतर्फ गइरहेको एगियोस फ्यानोरियस प्रथमले अप्रिल १७ मा इराकी बेञ्चमार्क बस्रह मिडियम क्रुड लोड गरेपछि कम्तीमा दुई पटक स्ट्रेट पार गर्ने प्रयास असफल भएको बताइएको छ । कियारा एमको अन्तिम गन्तव्य भने स्पष्ट नभएको रोयटर्सले जनाएको छ । त्यस्तै, तेस्रो जहाजले अबुधाबीस्थित आबुधाबी नेशनल आयल कम्पनीको जिर्कु टर्मिनलबाट मे १ मा २० लाख ब्यारेल अपर जाकुम क्रुड लोड गरेको थियो । केप्लरको तथ्यांकअनुसार उक्त जहाज बुधबार स्ट्रेट अफ होर्मुजबाट बाहिरिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend