images

२०८३ आश्विन १८ गते

images
images
images

दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

images
images
सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • कञ्चनपुर । भीमदत्त नगरपालिका–१० तिलकेनीस्थित चुरे फेदीको दलित बस्तीका बासिन्दा भरपर्दो विद्युत् सेवा नहुँदा सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।बस्तीमा जडान गरिएका ‘बोरिङ’ पर्याप्त विद्युत् प्रसारण नहुँदा सञ्चालनमा आउन सकेका छैनन् । सिँचाइकै अभावमा स्थानीय बासिन्दाको खेतीपाती र पशुपालन व्यवसाय सङ्कटमा परेको छ ।दशकअघि एक दातृ निकायले सिँचाइका लागि बोरिङ जडान गरिदिएको थियो । त्यसयता स्थानीयले आफ्नै लगानीमा पाँच–छ वटा थप बोरिङ पनि गाडेका छन् । तर बस्तीमा ‘थ्रिफेज’ विद्युत् लाइन नहुँदा कुनै पनि बोरिङ सञ्चालनमा आउन सकेका छैनन् । सिँचाइ अभावमा धान, गहुँ र मकैजस्ता बालीको उत्पादनले तीन महिना पनि खान नपुग्ने भएपछि अधिकांश भारतीय क्षेत्रमा मजदुरी गर्न बाध्य भएका छन् ।

    images
    images

    स्थानीय वसन्ती लुहारका अनुसार सिँचाइ सुविधा नहुँदा खेतमा घाँसखेती गर्नसमेत समस्या भएको छ । “दूध बेचेर घरखर्च चलाउन भैँसी पाल्ने चाहना थियो”, उनको भनाइ थियो, “तर खेतमा घाँसखेती गर्न नसक्दा त्यो योजना स्थगित गर्नुपरेको छ, खेतमा सिँचाइ नहुँदा अन्न पनि राम्ररी फल्दैन, अहिले परिवार चलाउन श्रीमान्को दैनिक मजदुरीनै पूरै परिवारको मुख्य सहारा बनेको छ ।”स्थानीय पदम लुहारले पटक–पटक वडा कार्यालय, नगरपालिका र विद्युत् प्राधिकरणसम्म थ्रिफेज लाइन विस्तारको माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । बस्तीमा खानेपानीको केही व्यवस्था भए पनि सबै परिवार त्यसको पहुँचमा छैनन् । स्थानीय प्रेम कोलीका अनुसार करिब ३०० परिवार बसोबास गर्ने उक्त बस्तीमा केवल २०० मिटर मात्रै पाइपलाइन विस्तार गरिएको छ, जुन पर्याप्त छैन । 

    बस्तीका अगुवा गोपाल महरका अनुसार तिलकेनीको दलित बस्ती नगरपालिका क्षेत्रकै सबैभन्दा पीडित बस्तीमध्ये एक हो । उनले भरपर्दो विद्युत्, सडक स्तरोन्नति, तटबन्ध र पुलजस्ता आधारभूत पूर्वाधारको अभाव रहेको बताए । चुरे क्षेत्रबाट बग्ने खहरे खोलाले हरेक वर्ष जग्गा कटान गर्दै आएको छ । भू–क्षयका कारण बस्तीका कयौँ परिवार विस्थापनको जोखिममा रहेको उनको भनाइ रहेको छ । हालसम्म प्रभावकारी तटबन्ध निर्माण हुन सकेको छैन । खोलामा पुल नहुँदा वर्षात्का बेला एक किलोमिटर दूरीमा पुग्नसमेत तीन किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।बस्तीका धेरै नागरिक अझै नागरिकताको प्रमाणपत्रबाट समेत वञ्चित छन् । आवश्यक कागजात जुटाउन नसक्दा नागरिकता बनाउन समस्या भएको स्थानीयको भनाइ छ । विसं २०२६ देखि त्यस क्षेत्रमा बसोबास गर्दै आए पनि श्रेस्ता कायम हुँदाहुँदै पनि लालपुर्जा प्राप्त गर्न नसकेको दलित समुदायको गुनासो छ ।रोजगारी अभाव पनि बस्तीको अर्को प्रमुख समस्या बनेको छ । घर निर्माण, धातुबा वस्तुहरु निर्माण गर्ने, सिलाइकटाइलगायतको परम्परागत सीप भएका अधिकांश युवा काम नपाउँदा भारतमा सस्तो मजदुर बन्न बाध्य भएको स्थानीय बताउँछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend