images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड...

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

images
images
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कारबाही गरी रु २६ करोड १९ लाख ३१ हजार १७७ राजस्व सङ्कलन गरेको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उपत्यकाभित्र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नियमित चेकजाँच, सचेतनामूलक अभियान, ट्राफिक नियम पालनामा कडाइ गरिनाका साथै नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको जानकारी दिए । उनका अनुसार चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने तीन लाख ७३ हजार ५६२ चालकलाई कारबाही गरिएको छ ।

    images
    images

    प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले एउटै कसुरमा पटकपटक संलग्न हुने चालकमाथि थप कडाइ गरिएको बताउँदै पाँच पटकभन्दा बढी कारबाहीमा परेका चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा पत्र पठाइएको जानकारी दिए । हालसम्म ३१ जना चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि सिफारिस गरिएको उनले बताए ।उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख अधिकारीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म काठमाडौँ उपत्यकाभित्र चार हजार ६३१ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १७४ जनाले ज्यान गुमाएका छन् भने १८६ जना गम्भीर घाइते भएका छन् । साथै चार हजार ९२७ जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन मिच्ने, रातोबत्ती उल्लङ्घन गर्नेलगायत कारण दुर्घटनाको जोखिम बढिरहेको जनाएको छ ।

    प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक चेकिङ अभियानका क्रममा तीन लाख ७३ हजार ५६२ चालकलाई कारबाही गरिएको छ ।मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने २३ हजार ४८, रातोबत्तीको नियम उल्लङ्घन गर्ने २८ हजार ३०८, तीव्र गतिमा सवारी चलाउने २३ हजार ७७२, लेनक्रस गर्ने २३ हजार ९८४, सवारीको स्वरुप परिवर्तन गर्ने एक हजार ४५०, भाडा बढी असुल्ने ८९०, लागु पदार्थ सेवन (लापसे) १२४, यान्त्रिक अवस्था ठिक नभएका सवारी दुई हजार ८३१, मोड्न निषेध उल्लङ्घन गर्ने ३७ हजार ४७२, हर्न निषेधमा छ हजार २५७, डबल चालक ३५०, सवारीचालक अनुमतिपत्रबिना सवारी चलाउने १० हजार ४८९ चालकलाई कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend