images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • टेक्नोले नेपालमा सार्वजनिक गर्यो स्पार्क ५०...

टेक्नोले नेपालमा सार्वजनिक गर्यो स्पार्क ५० फोरजी

टेक्नोले नेपालमा सार्वजनिक गर्यो स्पार्क ५० फोरजी

images
images
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • काठमाडौं। टेक्नोले आफ्नो नयाँ स्मार्टफोन, स्पार्क ५० फोरजी नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। भरपर्दो ब्याट्री, उत्कृष्ट इन्टरटेनमेन्ट अनुभव र आकर्षक डिजाइनको खोजीमा रहेका उपभोक्तालाई लक्षित गर्दै यो स्मार्टफोन बजारमा ल्याइएको हो। शक्तिशाली हार्डवेयर र कृत्रिम बुद्धिमत्ता अर्थात् एआई आधारित सुविधाहरूलाई एउटै प्याकेजमा समेट्दै कम्पनीले यसलाई "पावर पनि, स्टाइलिस पनि!" भन्ने स्लोगनका साथ प्रस्तुत गरेको छ।

    images
    images

    यस स्पार्क ५० ४जीको सबैभन्दा बलियो पक्ष यसको विशाल ७०००एमएएच ब्याट्री हो। यो शक्तिशाली ब्याट्रीले प्रयोगकर्तालाई गेमिङ, भिडियो स्ट्रीमिङ, अनलाइन क्लास वा सोसल मिडिया चलाउँदा पटक-पटक चार्ज गरिरहनुपर्ने झन्झटबाट मुक्ति दिन्छ। दैनिक व्यावहारिक प्रयोगलाई ध्यानमा राख्दै फोनमा १.८ मिटरसम्मको ड्रप रेसिस्टेन्स र आईपी६४ डस्ट तथा वाटर रेसिस्टेन्स सुविधा दिइएको छ, जसले आकस्मिक रूपमा फोन खस्दा वा पानीका छिटा पर्दा हुन सक्ने क्षतिबाट सुरक्षा प्रदान गर्छ।दृश्य र छायांकनको अनुभवलाई स्तरीय बनाउन यसमा ६.७८ इन्चको १२०हर्ज डिस्प्ले राखिएको छ, जसले सोसल मिडिया ब्राउजिङ र भिडियो हेर्दा निकै स्मूथ अनुभव दिन्छ। क्यामेराको कुरा गर्दा यसमा ५०एमपी एआई क्यामेरा सिस्टम रहेको छ, जसले विभिन्न लाइट कन्डिसनमा पनि उत्कृष्ट पोट्रेट र जीवन्त रङका फोटोहरू खिच्न सहयोग गर्छ।

     अडियोका लागि यसमा डीटीएस प्रविधिमा आधारित स्टेरियो ड्युअल स्पिकर्स जडान गरिएको छ, जसले स्पष्ट र समृद्ध साउन्ड क्वालिटी सुनिश्चित गर्छ।यस स्मार्टफोनमा रहेका आधुनिक एआई फिचरहरूले प्रयोगकर्ताको अनुभवलाई थप सहज बनाएका छन्। फोनमा रहेको एआई असिस्टेन्टले एआई राइटिङ र एआई ट्रान्सलेसन जस्ता सुविधाहरू प्रदान गर्छ, जसले बहुभाषिक सञ्चारलाई सरल बनाउँछ। त्यस्तै, कल गर्दा वरिपरिको अनावश्यक आवाज हटाउन एक्टिभ नोइज क्यान्सिलेसनको व्यवस्था गरिएको छ। नेटवर्कको समस्या भएको ठाउँमा समेत सहजता प्रदान गर्न यसमा सिग्नल एडभान्टेज टेक्नोलोजी समावेश छ, जसले १.५ किलोमिटरसम्म कम्युनिकेसन सहयोग पुर्‍याउन सक्छ।

    images
    images

    नेपाली बजारमा स्पार्क ५० ४जी हाल ६जीबी र्‍याम र १२८जीबी रोम भेरियन्टमा उपलब्ध छ। उपभोक्ताले यो शक्तिशाली र आकर्षक स्मार्टफोन नेपालभर रु. २६,९९९ को एमआरपीमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend