images

२०८३ आश्विन १७ गते

images
images
images

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

images
images
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँ, २७ वैशाख । आज आइतबार, जेठ कृष्ण पक्षको अष्टमी तिथि परेको छ। हिन्दू धर्मशास्त्रअनुसार आइतबार सूर्यदेव को आराधना गर्ने विशेष दिन मानिन्छ। धार्मिक विश्वासअनुसार सूर्यदेवको पूजा गर्दा जीवनमा सकारात्मक ऊर्जा, मान–सम्मान र आत्मबल प्राप्त हुने मान्यता रहेको छ। साथै सूर्य मन्त्र जप गर्दा कुण्डलीमा रहेको सूर्यदोष कम हुने विश्वास पनि गरिन्छ।

    images
    images

    धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार आइतबार बिहान सबेरै उठेर स्नान गरी नजिकको मन्दिरमा गई भगवानको दर्शन गर्नुपर्छ। त्यसपछि सूर्यदेवलाई तामाको भाँडोमा जल अर्पण गरी पूजा गर्ने परम्परा छ। यसरी सूर्यलाई जल चढाउँदा ग्रहदोष नाश हुने र मानसिक शान्ति प्राप्त हुने जनविश्वास रहेको छ।

    पूजाका क्रममा सूर्यदेवलाई रातो फूल, रातो चन्दन, गुडहलको फूल तथा चामल अर्पण गर्ने गरिन्छ। साथै गुड वा गुडबाट बनेका मिठाई चढाउँदा पूजा अझ शुभ मानिन्छ। पूजा सम्पन्न भएपछि श्रद्धापूर्वक सूर्य मन्त्र जप गर्नुपर्ने धार्मिक मान्यता छ।

    images
    images

    पूजामा जप गर्न सकिने मन्त्रः
    “प्रातः स्मरामि खलु तत्सवितुर्वरेण्यं
    रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि।
    सामानि यस्य किरणाः प्रभवादिहेतुं
    ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्॥”
    तथा
    “ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे॥”
    धार्मिक आस्था अनुसार नियमित रूपमा सूर्यदेवको पूजा र मन्त्र जप गर्दा स्वास्थ्य, आत्मविश्वास तथा सामाजिक प्रतिष्ठामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend