images

२०८३ आश्विन १८ गते

images
images
images

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

images
images
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • काभ्रेपलाञ्चोक, २७ वैशाख ।र पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको छ । नगर कार्यालयले लवग्रिन नेपालसँगको सहकार्यमा आयोजना गरेको सो मेलामा करिब २० हजारले अवलोकन गरेको बताइएको छ ।
     
    नगरले लवग्रिनसँग समन्वय गरी आयोजित मेलामा कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य छ । उक्त मेलामा आइपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजको प्रदर्शनी तथा बिक्री, बाली शिविर सञ्चालन, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रमसेमत सञ्चालन गरिएको थियो । मेलाको नगरप्रमुख महेश खरेलले शुक्रबार उद्घाटन गरेका  थिए ।

    images
    images

    सो अवसरमा नगरप्रमुख खरेलले पाँचखाल नगर कृषि सहर भएकाले यहाँको तरकारीमा न्यून विषादीमा रहेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “पाँचखालको तरकारीमा अत्यधिक विषादी भएको भनेर हल्ला चलाइए पनि केही वर्षदेखि पाँचखालको तरकारी सेमी आग्र्यानिक भएको छ, विषादीको भ्रम चिर्न हामीले अग्र्यानिकमा जोडबल गरिरहेका छौँ ।” उनले लवग्रिन नेपालसँगको सहकार्यमा पाँचखालमा एक हजार २०० भन्दा बढी किसानलाई एकीकृत शत्रु जीव व्यवस्थापन ९आइपिएम० पद्धतिबाट तरकारीखेती गर्न तालिम प्रदान गरिएको र उक्त प्रविधिमार्फत तरकारी अग्र्यानिकतर्फ गएको बताएका छन ।
     
    पाँचखालमा किसानकै अगुवाइमा साप्ताहिक कृषि हाटबजार सुरु गर्न आग्रह गरिरहेका छन् । “किसानको मागलाई सम्बोधन गर्न नगरपालिका तयार छ”, नगरप्रमुख खरेलले भने । लवग्रिन नेपालले विगत नौ वर्षदेखि किसानलाई आइपिएम सम्बन्धी तालिम दिँदै आएको छ । उसले तालिममार्फत स्वस्थ तथा सुरक्षित कृषि उत्पादनलाई प्रोत्साहन गर्दै मानव स्वास्थ्य संरक्षण, उत्पादन वृद्धि र किसानको आम्दानी अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको संस्थाका कार्यकारी निर्देशक नारायण ज्ञवालीले बताएका छन । 

    कृषि मेलमा बाली शिविर सञ्चालन, रैथाने उत्पादनको प्रदर्शनी तथा बिक्री, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रम, कृषक र कृषक समूहसँग प्रत्यक्ष संवाद, आइपिएम पद्धतिद्धारा उत्पादित कृषि उपजको प्रदर्शनी तथा बिक्री एवं पाँचखालमा उत्पादित आलु लगायत अन्य उपजको परिकार लगायत प्रदर्शनी–बिक्रीमा राखिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend