images

२०८३ आश्विन १७ गते

images
images
images

यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन

यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन

images
images
शनिवार, बैशाख २६ २०८३
शनिवार, बैशाख २६ २०८३
  • जुम्ला, २६ वैशाख । यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२।८३ को वैशाख २४ गतेसम्म रु एक करोड १६ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु दुई करोड राजस्व सङ्कलनको लक्ष्य लिएकामा १० महिनामा उक्त रकम सङ्कलन भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिएका छन ।

    images
    images

    सङ्कलित रकममध्ये यातायात क्षेत्रको आम्दानीतर्फ रु १५ लाख सात हजार ९२२, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरवापत रु चार लाख ३५ हजार ५२६, सवारीसाधन करतर्फ रु ५७ लाख तीन हजार ९०६ र प्रशासनिक दण्ड जरिवानामार्फत रु एक हजार ५७५ रहेको छ ।  

    कार्यालयमा चालु आवको साउनदेखि चैत मसान्तसम्म १९८ वटा सवारीसाधन दर्ता भएका छन् । सोही अवधिमा यातायात कार्यालयबाट जारी भएको सवारी चालक अनुमतिपत्र सम्बन्धी मोटरसाइकल–स्कुटर र मोपेड वर्ग (ए) अन्तर्गत १८८ वटा, कार, जीप, डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा चालक अनुमतिपत्र वितरण गरिएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend