images

२०८३ आश्विन १६ गते

images
images
images

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

images
images
शनिवार, बैशाख २६ २०८३
शनिवार, बैशाख २६ २०८३
  • नेपालगन्ज २६ वैशाख , द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा आउने भएको छ । 

    images
    images

    भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नरैनापुर छोटी भन्सार नेपालगन्ज भन्सार अन्तरगत रहेर सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधारको निर्माण र कर्मचारीको व्यवस्थान गरिने बताएका छन। 

    “यो छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै हो उनले भने । भन्सार नियमावली २०८३ मा बाँकेको नरैनापुरमा पनि छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि यस क्षेत्रका स्थानीय व्यवसायी तथा ब्यापारी खुशी देखिएका छन् । 

    images
    images

    सात वटा छोटी भन्सार रहेको बाँकेमा अन्य बन्द भएपनि जिल्लाको नरैनापुरमा मात्रै छोटी भन्सार स्थापनाका लागि तयारी गरिएको भन्सार कार्यालय नेपालगन्जका प्रमुख जर्नादन पौडेलले जानकारी दिएका छन।  

    “यहाँ रहेका सात वटा छोटी भन्सारमध्ये नरैनापुरको मात्रै परेको छ, यो पनि भन्सार नियमावलीको अनूसुचीमा नाम उल्लेख भएको मात्र हो,” उनले भने । 

    छोटी भन्सारबाट समान दुरुपयोगको जोखिम हुने उल्लेख गर्दै उहाँले मूल भन्सारबाट समान नल्याएर छोटी भन्सार लैजाने प्रचलन रहेको व्यवसायीलाई आरोप लगाएका छन।  

    नरैनापुरबाट धेरै समान त आउदैन आलु, प्याज र केही पशु आउन सक्छन पौडेलको भनाइ छ । उनले नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउने निश्चित भए लगत्तै एकसातामा नै सञ्चालनमा आउने जानकारी दिएका छन। 

    उद्योग बाणिज्य सङ्घ, नेपालगन्जका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले छोटी भन्सार स्थापन हुनु व्यवसायीका लागि खुशीको कुरा भएको उल्लेख गर्दै मुख्य भन्सारबाट आउने सामान छोटी भन्सारबाट नआउने तर्क गरेका छन।  

    उनले राजश्व सङ्कलनसँगै तस्करी नियन्त्रणमा सघाउ पुग्ने भएकाले वैधानिक व्यवसाय र ब्यापार गर्नेका लागि सुखद्स्थिती भएको बताएका छन।  

    आइसिपीबाट आउने कन्टेनर सहितका समान छोटी भन्सारबाट नआउने ओलीको भनाइ छ । 

    सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नरैनापुर छोटी भन्सार अहिलेको अवस्थामा स्थापना भए डिजिटल प्रणालीमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै त्यसले जमुहनाह नाकाको भीड घटने विश्वास व्यक्त गरेका छन।  

    उनले छोटी भन्सारबाट राज्यले नाफा लिन सक्ने अवस्था हुनुपर्ने उल्लेख गर्दै नरैनापुर छेटी भन्सार पारदर्शी रूपमा सञ्चालनमा आउनुपर्ने बताएका छन।  

    चोरी, निकासी बन्द हुनुपर्छ र आसपासका स्थानीयले यसको फाइदा लिनुपर्छ श्रेष्ठको भनाइ छ । 

    सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले नेपालगन्जका व्यवसायीका लागि राम्रो अवसर भएको उल्लेख गर्दै अवैध ब्यापार निरुत्साहित हुने बताएका छन। तत्कालीन द्वन्द्वकालमा यहाँ सञ्चालनमा रहेका सात  छोटी भन्सार असुरक्षाका कारण बन्द भएका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend