images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम...

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने न्यून

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने न्यून

images
images
मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • काठमाडौं । यस साता पहिला दुई कारोबार दिनमा आइतबार ४७.४४ अंक र सोमबार आज ५७.९९ अंक गरेर  १०५.४३ अंकले घटेको शेयर बजारमा तेस्रो कारोबार दिन मंगलबार भने हरियाली देखिएको छ ।

    images
    images

    यस दिन २५.८८ अंकले बढेर दुई हजार ६६५.८१ अंकमा बजार बन्द भएको छ । आज चारवटै सूचक र १३ वटै उपसमूहको शेयर वृद्धि भएको छ ।

    मंगलबार सर्वाधिक फाइनान्स समूहको शेयर ३.०३ प्रतिशतले बढेको छ । रावा इनर्जीको सर्वाधिक ८.८८ प्रतिशत शेयर वृद्धि भएकोमा विन नेपाल लघुवित्तका लगानीकर्ताले ४.७५ प्रतिशतले गुमाएका छन् ।

    images
    images

    नेप्से बढे पनि कारोबार भने निरन्तर घट्दो क्रममा रहेको छ । आइतबार ८ अर्ब १८ करोड रुपैयाँ बराबरको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता र सोमबार ५ अर्ब ९० करोड रुपैयाँ बराबरको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर कारोबार भएकोमा आज ४ अर्ब १७ करोड १६ लाख रुपैयाँ बराबरको १  करोड ९ लाख ६२ हजार २८१ कित्ता बराबरको शेयर खरिदबिक्री भएको छ 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend