images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • नेपाल डेरी एसोसिएसनद्वारा महासंघको नवनिर्वाचित नेतृत्वलाई...

नेपाल डेरी एसोसिएसनद्वारा महासंघको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना

नेपाल डेरी एसोसिएसनद्वारा महासंघको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना

images
images
शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षहरू, कार्यकारिणी सदस्यहरू तथा सम्पूर्ण नयाँ नेतृत्वप्रति नेपाल डेरी एसोसिएसनले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

    images
    images

    एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालद्वारा जारी शुभकामना सन्देशमा महासंघको नयाँ नेतृत्वले निजी क्षेत्रको समग्र हित, उद्योग व्यवसायमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा आर्थिक गतिविधिको पुनरुत्थानमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

    विशेषगरी नेपालको दुग्ध तथा कृषिमा आधारित उद्योगको प्रवर्द्धन, उत्पादन वृद्धि, बजारीकरण, किसानको हित संरक्षण, स्वदेशी उत्पादनको प्रोत्साहन तथा समय अनुसार डेरी क्षेत्रको आधुनिकीकरणमा महासंघको नेतृत्वसँग सहकार्य गर्दै अगाडि बढ्ने अपेक्षा एसोसिएसनले गरेको छ।

    images
    images

    दुग्ध क्षेत्र लाखौं किसानको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको संवेदनशील तथा राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार क्षेत्र भएकाले यसको दिगो विकास, लगानी अभिवृद्धि, प्रविधि विस्तार र उत्पादनमुखी नीतिका लागि निजी क्षेत्र र महासंघबीच अझ सशक्त सहकार्य आवश्यक रहेको एसोसिएसनको धारणा छ।

    नेपाल डेरी एसोसिएसनले ‘स्वदेशी उत्पादन, आत्मनिर्भर अर्थतन्त्र र किसानमैत्री उद्योगको अभियानलाई थप मजबुत बनाउन महासंघको नयाँ नेतृत्वसँग समन्वयात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

    महासंघको नवनिर्वाचित नेतृत्वले मुलुकको आर्थिक विकास, निजी क्षेत्रको सुदृढीकरण तथा उत्पादनमुखी उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास एसोसिएसनले लिएको छ।

    NDA Badhai.jpg
    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend