images

२०८३ कार्तिक ४ गते

images
images
images

थ्रीस्टार हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्दै

थ्रीस्टार हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्दै

images
images
मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

    images
    images

    कम्पनीको हालको चुक्ता ४९ करोड २ लाख रुपैयाँको १ः१ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको कार्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकको हकप्रद शेयर निष्काशनको निर्णय गरेको हो ।

    कम्पनीका अनुसार विद्युत् नियमन आयोगमा पूर्वस्वीकृति लिनका लागि निवेदन दिने निर्णय भइसकेको छ । उक्त हकप्रद शेयर निष्काशनबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणका लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने कम्पनीले बताएको छ ।

    images
    images

    दायित्व भुक्तानी गरेपश्चात् बाँकी रहेको १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधीन ९ मेगावाटको माथिल्लो भुरुण्डी ए जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने कम्पनीको भनाइ छ ।

    विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भए पश्चात् कम्पनीको आगामी साधारणसभामा अनुमोदनका लागि पेश गर्ने निर्णय पनि भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend