images

२०८३ आश्विन १७ गते

images
images
images

फिल्म ‘लालीबजार’ विवाद : चलचित्र जाँच समितिले गरेकाे निर्णयको फाइल झिकाउने आदेश

फिल्म ‘लालीबजार’ विवाद : चलचित्र जाँच समितिले गरेकाे निर्णयको फाइल झिकाउने आदेश

images
images
मंगलवार, बैशाख २२ २०८३
मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौँ । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ प्रदर्शनमा रोक विरूद्ध दायर रिटमा चलचित्र जाँच समितिबाट अनुमति दिने गरी भएको निर्णयको फाइल झिकाउने आदेश दिएको छ। मङ्गलबार न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले चलचित्र जाँच समितिबाट कागज झिकाउँदै छलफलका लागि वैशाख २३ गते पेसी तोकेको छ।अदालतले १५ वैशाखमा तत्कालको लागि प्रदर्शन रोक्न आदेश दिएको थियो । अदालतले वादी र प्रतिवादी दुवै पक्षलाई छलफलको लागि बोलाएको थियो।

    images
    images

    रोशनी नेपाली वादीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् । मुद्दामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेतलाई विपक्षी बनाइएको छ ।१८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको यम थापा निर्देशित फिल्म अदालतको आदेशले रोकिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend