images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा मंगलबार सामान्य सुधार, ...

सेयर बजारमा मंगलबार सामान्य सुधार, ३ अर्ब ४३ करोड बराबरको मात्र कारोबार

सेयर बजारमा मंगलबार सामान्य सुधार, ३ अर्ब ४३ करोड बराबरको मात्र कारोबार

images
images
मंगलवार, बैशाख २२ २०८३
मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौं । लगातार चार कारोबार दिनसम्म गिरावट आएको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेको हो। अघिल्लो चार दिनमा करिब ९३ अंकले घटेको बजारले आज भने गिरावटको क्रम रोकेको हो।सेन्सेटिभ इन्डेक्स १.२६ अंक, फ्लोट इन्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४७ अंकले वृद्धि भएको छ।

    images
    images

    तर, बजारमा सूचक बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ४ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। यस दिन ३३५ कम्पनीका ७७ लाख ३४ हजार कित्ता सेयर ६२ हजार २५ पटक खरिद–बिक्री भएका छन्।उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ७ उपसमूह बढेका छन् भने ६ उपसमूह घटेका छन्। जलविद्युत उपसमूह सबैभन्दा बढी १.०२ प्रतिशतले बढेको छ।अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य ११.१६ प्रतिशतले उकालो लागेको छ भने सोलु हाइड्रोपावर र धौलागिरी लघुवित्तका सेयर पनि क्रमशः ७.५ प्रतिशत र ७ प्रतिशतले बढेका छन्। यस दिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्य भने सर्वाधिक ९.३१ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको २३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स र नेशनल हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।बजार विश्लेषकहरूका अनुसार लगातारको गिरावटपछि देखिएको यो सुधारलाई तत्कालको “टेक्निकल करेक्सन” का रूपमा लिइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend