images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
मंगलवार, बैशाख २२ २०८३
मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौं- याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि खुला गरिएको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज, वैशाख २२ गते अन्तिम दिन परेको छ। कम्पनीले वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।यस निष्काशनअन्तर्गत कम्पनीले १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणलाई उपलब्ध गराएको छ। लगानी गर्न इच्छुक व्यक्तिले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्टासम्म आवेदन दिन सक्नेछन्।

    images
    images

    आईपीओको बिक्री तथा व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले लिएको छ भने नेपाल धितोपत्र बोर्डले फागुन १७ गते नै कम्पनीलाई निष्काशनको अनुमति दिएको थियो।सिन्धुपाल्चोकमा निर्माण गरिएको ७ दशमलव २७१ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना सञ्चालनमा आइसकेको छ। कम्पनीले २०८० फागुन ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend