images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा लगातार गिरावट, नेप्से ३४.६३...

सेयर बजारमा लगातार गिरावट, नेप्से ३४.६३ अंकले घट्यो

सेयर बजारमा लगातार गिरावट, नेप्से ३४.६३ अंकले घट्यो

images
images
सोमवार, बैशाख २१ २०८३
सोमवार, बैशाख २१ २०८३
  • काठमाडौं, २१ बैशाख । सेयर बजारमा सोमबार उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.६३ अंकले घट्दै २७०४.०८ बिन्दुमा झरेको छ ।

    images
    images

    अघिल्लो कारोबार दिन (गत बिहीबार) पनि नेप्से ५.७३ अंकले घटेको थियो । त्यसअघि बुधबार २५.८१ अंक र मंगलबार २६ अंकको गिरावट देखिएको थियो, जसले लगातार बजार दबाबमा रहेको संकेत गर्छ ।

    आजको कारोबारमा कुल ४ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । गत बिहीबार भने ४ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

    images
    images

    सोमबार कारोबारमा आएका कम्पनीमध्ये २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको छ । २ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend