काठमाडौँ, २१ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा प्राविधिक समस्या देखिएको छ। सोमबार बिहान ११ बजेदेखि बजार खुला भई कारोबार सुरु भएको भए पनि वेबसाइटको डिस्प्लेमा भने बजार बन्द रहेको देखिएको हो।
नेप्सेका प्रवक्ता मराहरी पराजुली का अनुसार उक्त समस्या किन देखिएको हो भन्नेबारे अध्ययन भइरहेको छ। उनले जानकारी दिए अनुसार सेयर कारोबार भने नियमित रूपमा सञ्चालनमै रहेको छ।
प्रवक्ता पराजुलीका अनुसार कारोबार सञ्चालन हुने प्रणाली र वेबसाइटमा देखाइने डिस्प्ले प्रणाली फरक–फरक च्यानलमार्फत सञ्चालन हुने भएकाले प्राविधिक गडबडीका कारण डिस्प्लेमा समस्या देखिएको हो। यद्यपि, यसले वास्तविक कारोबार प्रक्रियामा कुनै असर नपरेको उनले स्पष्ट पारे।
नेप्सेले समस्या समाधानका लागि आवश्यक प्राविधिक कार्य भइरहेको जनाएको छ।




.gif)





