images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • एनआईसी एशियालाई ५० प्रतिशत हकप्रद शेयर...

एनआईसी एशियालाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न राष्ट्र बैंकको पूर्व–स्वीकृति

एनआईसी एशियालाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न राष्ट्र बैंकको पूर्व–स्वीकृति

images
images
सोमवार, बैशाख २१ २०८३
सोमवार, बैशाख २१ २०८३
  • काठमाडौँ, २१ वैशाख । एनआईसी एशिया बैंक लिमिटेड ले ५० प्रतिशत हकप्रद शेयर (राइट्स शेयर) निष्काशन गर्न नेपाल राष्ट्र बैंक बाट पूर्व–स्वीकृति प्राप्त गरेको छ।

    images
    images

    राष्ट्र बैंकले बैशाख १७ गते बैंकलाई हाल कायम शेयर संरचनाअनुसार २ कित्ता बराबर १ कित्ता (२ः१) अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

    बैंकले हकप्रद शेयर निष्काशन सम्बन्धी विशेष प्रस्ताव आफ्नो आगामी २८औँ वार्षिक साधारण सभामा पेश गर्ने जनाएको छ। उक्त प्रस्ताव सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्ड बाट अन्तिम स्वीकृति प्राप्त गरेपछि मात्रै हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढ्नेछ।

    images
    images

    हकप्रद शेयर निष्काशन मार्फत बैंकले आफ्नो पूँजी आधार मजबुत बनाउने र लगानी क्षमता विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend