images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सिद्धार्थ इक्विटी फण्ड–२ को इकाई निष्काशन...

सिद्धार्थ इक्विटी फण्ड–२ को इकाई निष्काशन आजदेखि खुला

सिद्धार्थ इक्विटी फण्ड–२ को इकाई निष्काशन आजदेखि खुला

images
images
सोमवार, बैशाख २१ २०८३
सोमवार, बैशाख २१ २०८३
  • काठमाडौँ, २१ वैशाख । सिद्धार्थ क्यापिटल लिमिटेडले आजदेखि सामूहिक लगानी कोष अन्तर्गत “सिद्धार्थ इक्विटी फण्ड–२” को इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको छ।

    images
    images

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई निष्काशन गर्न लागेको हो। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको रहेको छ।

    निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्धक सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको क्यापिटलले जनाएको छ।

    images
    images

    यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। इकाई खरिदका लागि बैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सम्पूर्ण इकाई बिक्री नभएमा आवेदन अवधि जेठ ४ गतेसम्म थपिनेछ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरेर अनलाइन आवेदन दिन पनि सकिने व्यवस्था रहेको छ।

    म्युचुअल फण्ड निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा रेटिङ्ग नेपालले कोष प्रवर्धकलाई “इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस” र योजना व्यवस्थापकलाई “इक्राएनपी एएमसी क्वालिटी ३ प्लस” रेटिङ प्रदान गरेको छ।

    सिद्धार्थ क्यापिटलका अनुसार यो योजना दीर्घकालीन इक्विटी लगानीमार्फत लगानीकर्तालाई आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यसहित ल्याइएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend