images

२०८३ आश्विन १८ गते

images
images
images
  • कृषि
  • ‘गाउँघर चौतारी’ मा युवा–विज्ञ संवाद, कृषि–पर्यटन...

‘गाउँघर चौतारी’ मा युवा–विज्ञ संवाद, कृषि–पर्यटन र उद्यमशीलतामा जोड

‘गाउँघर चौतारी’ मा युवा–विज्ञ संवाद, कृषि–पर्यटन र उद्यमशीलतामा जोड

images
images
आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • काठमाडौं, १९ वैशाख २०८३ । राजधानीको बानेश्वरस्थित थापागाउँमा रहेको ‘गाउँघर चौतारी बजार’ मा “नेतृत्व र उद्यमशीलतामा युवा” विषयक विचार–गोष्ठी सम्पन्न भएको छ। नेपाल जेसिजको ‘चेम्बर अफ कमर्स पार्टनरसिप कमिसन’ को आयोजनामा भएको कार्यक्रममा कृषि, पर्यटन र युवा उद्यमशीलताबीचको सम्बन्धबारे विस्तृत छलफल गरिएको थियो।

    images
    images

    कार्यक्रमका प्रमुख अतिथि नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) अन्तर्गतको कृषि उद्यम केन्द्र (AEC) का बोर्ड सदस्य प्रल्हाद दाहालले नेपालको रैथाने कृषि र दुग्ध क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै युवालाई यस क्षेत्रमा अवसर खोज्न आग्रह गर्नुभयो। उहाँले ‘गाउँघर चौतारी’ जस्ता अवधारणाले स्थानीय उत्पादन, रोजगारी र अर्थतन्त्र सुदृढ बनाउन टेवा पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

    पूर्व राजदूत भागिरथ बस्नेतले अन्तर्राष्ट्रिय स्तरको नेतृत्व विकाससँगै स्वदेशमै अवसर सिर्जना गर्न युवालाई प्रेरित गर्नुभयो। कार्यक्रममा लाखेचौर टोल सुधार समितिका सचिव रामहरी धिताल, Rent SEO Brain का सिइओ नवीन क्षेत्री तथा नेपाल जेसिज (२०२६) का राष्ट्रिय तालिम आयोग सचिव जेसी प्रवेश मल्लले प्रविधि, सामाजिक उत्तरदायित्व र उद्यमशीलताका विविध पक्षमा आ–आफ्ना धारणा राख्नुभएको थियो।

    images
    images

    २५ वर्षमुनिका युवाहरू र अनुभवी विज्ञबीचको अन्तरक्रियाले स्वदेशमै उद्यमशीलताको सम्भावना विस्तार गर्न सकिने विश्वास व्यक्त गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा “कृषि, पर्यटन र साझेदारीमार्फत भविष्य निर्माण” भन्ने अवधारणामा विशेष जोड दिइएको थियो।

    गाउँको मौलिकता झल्काउने बाँसका संरचना, रैथाने खानपान तथा स्थानीय उत्पादनको प्रदर्शनीसहित सम्पन्न उक्त कार्यक्रमले सहभागीहरूमा उत्साह र ऊर्जा थपेको थियो। साथै, सहभागीहरूलाई मायाको चिनोस्वरूप मौलिक उत्पादनहरू प्रदान गरिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend