images

२०८३ आश्विन १८ गते

images
images
images

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

images
images
आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • मन्थली (रामेछाप), २० वैशाख । रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गरेका छन । चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारीमा गरेकी उनीलाई अरूको मात्र काम गरिरहनु भन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रापालन व्यवसाय थाल्नु भएको हो ।  

    images
    images

    “अरुले गरेको कृषि तथा पशुपालनप्रति आर्कषित भएर यो पेसा अँगाल्ने अठोटका साथ गाउँ फर्केकी हुँ”, केसीले भन्नुभयो । बाख्रापालनका लागि अहिले उनले गाउँमा करिब रु २० लाख खर्च गरेर आधुनिक खोर निर्माण गएका छन । बाख्रापालन मात्र नभएर कुखुरा, गाईभैँसी, माहुरीपालन र कफीखेती गर्ने योजना रहेको केसीले सुनाएका छन ।

    विसं २०८१ मा गाउँ आएर काम सुरु गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताएका छन । उनले मन्थली नगरपालिका अन्तर्गत रहेको पशु स्वस्थ्य शाखाका कर्मचारीहरूबाट भने आवश्यक प्राविधिक सल्लाह पाइरहेका छन ।

    images
    images

    उनका बुबा चित्र केसी छोरीको व्यवसायबाट खुसी छन । उनले भने, “मेरा पाँच छोरीमध्ये अरू सबै सहरतिरै रोजगारीमा छन्, हामी श्रीमान्श्रीमती पनि काठमाडौँमा बस्छौँ, कहिलेकाँही मात्र गाउँ आउने गरेका छौँ । वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छाडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकामा खुसी लागेको छ ।”

    गाउँमा रेखदेख गर्ने व्यक्तिको अभाव केसीलाई खड्केको छ । तर पनि उनी निरन्तर बाख्रापालन खटिएका छन । “सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन, हेरम कति सफल भइन्छ”, केसीले भने। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend