images

२०८३ आश्विन १६ गते

images
images
images

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

images
images
आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • अदानचुली (हुम्ला), २० वैशाख । खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
     
    शनिबार प्रहरीले वडा सदस्य रोकाया  घरमा लुकाएर राखेको भरुवा बन्दुक फेला पारेको थियो । उनलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताएका छन् । वडा सदस्य रोकायाको घरमा भरुवा बन्दुक एक थान, फलामको रडको गोली १२ थान र बारुद ११० ग्राम लुकाइछिपाइ राखेको अवस्थमा फेला पारेको उहाँले बताएका छन् । 

    images
    images

    वडा सदस्य रोकायाबारे जिल्ला प्रहरी कार्यालय सिमकोटले थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक खड्काले बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend