images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • काठमाडौँमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

काठमाडौँमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ आयोजना हुँदै

काठमाडौँमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ आयोजना हुँदै

images
images
शनिवार, बैशाख १९ २०८३
शनिवार, बैशाख १९ २०८३
  • काठमाडौँ । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एउटै थलोमा ल्याउने उद्देश्यसहित ‘साउथ एसिया ट्रेड फेयर २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी मे ७ देखि ११ तारिख (वैशाख २४ देखि २८, २०८३) सम्म राजधानी काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हल मा मेला आयोजना हुने भएको छ।

    images
    images

    सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्यापार मेलालाई पछिल्लो समय सुस्त बनेको व्यावसायिक गतिविधिलाई पुनः चलायमान बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। देशभित्रको लगानीगत अनिश्चितता र व्यापारिक मन्दीका बीच निजी क्षेत्रका व्यवसायीहरू पुनः सक्रिय बन्ने अपेक्षासहित मेलामा सहभागी हुन उत्साहित देखिएका छन्।

    मेलाको आयोजना इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालि ले गर्नेछ भने बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्युरोको सहकार्य रहनेछ। साथै भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालय ले कार्यक्रमलाई इन्डोर्समेन्ट प्रदान गरेको छ।

    images
    images

    कार्यक्रमका सहयोगी संस्थाहरूमा नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, चेम्बर अफ इन्डस्ट्रिज मोरङ लगायत रहेका छन्।

    त्यसैगरी, साझेदार संस्थाहरूमा वल्र्डलिंक, वन पसल प्राइभेट लिमिटेड लगायत विभिन्न व्यावसायिक संस्थाहरू सहभागी छन्।

    मेलामा भारत, बंगलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्स लगायतका देशहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

    आयोजकका अनुसार मेलाको मुख्य उद्देश्य उत्पादन तथा सेवाको प्रवर्द्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेताबीच सहकार्य विस्तार गर्नु हो। साथै दक्षिण एसियाली राष्ट्रहरूबीच व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य पनि राखिएको छ।

    मेला संयोजक सुमन महर्जनका अनुसार कार्यक्रममा १५० भन्दा बढी प्रदर्शक सहभागी हुने र करिब १ लाख स्थानीय दर्शक तथा ५ हजार अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend