images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो...

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा ।।।

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा ।।।

images
images
शनिवार, बैशाख १९ २०८३
शनिवार, बैशाख १९ २०८३
  • कालिकोट, १९ वैशाख । एघार वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति  फर्किदा दुःखको अन्धकार सदा हटेको छ । उनीको परिवारमा खुसीको सीमा नै छैन  । अति विपन्न  विकले आठ वर्षदेखि उज्यालोसंग साक्षात्कार गर्ने अवसर गुमाएकी थिइन् ।  उनीले चाडै पुनःआँखाको ज्योति पाउँछु भन्ने कल्पना पनि  थिइनन् । 

    images
    images

    बाल्यकालमै लागेको चोट ९ट्रमा०का कारण दाहिने आँखाको दृष्टि पूर्णरूपमा उनीले गुमाएकी थिइन । अन्यत्रका साहारामा लिनुपर्दा उनीलाई आर्थिक अवस्था कमजोर, स्वास्थ्य सेवाको पहुँच टाढा र अभिभावकको सीमित उपस्थितिका कारण समयमै उपचार सम्भव हुन सकेको थिएन । उनका बुबा रोजगारीका लागि भारतमा रहने भएकाले परिवारको जिम्मेवारी पनि सहज थिएन । यस्तो अवस्थामा उनी उपचारको आशा नगरी बसिरहेकी थिइन् ।

    यही वैशाख १४ देखि १६ गतेसम्म जिल्ला आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरले उनको जीवन नै बदलिदिएको छ । शिविरमा सहभागी भएपछि गरिएको शल्यक्रिया सफल भएसँगै उनीले पुनः उज्यालो संसार देख्न पाएकी छन् । शल्यक्रियापछि उनको अनुहारमा देखिएको खुसी र उत्साहले त्यहाँ उपस्थित सबैलाई भावुक बनाएको थियो । जुम्लामा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरले उनी जस्तै धेरै बिरामीको जीवनमा नयाँ आशा ल्याएको छ ।

    images
    images

    उक्त शल्यक्रिया वरिष्ठ नेत्ररोग विशेषज्ञ डा हरि बिक्रम अधिकारीको नेतृत्वमा गरिएको हो । बालिकाको अवस्था जटिल भए पनि सफल शल्यक्रियापछि दृष्टि फर्किनु चिकित्सकीय हिसाबले  महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । बालिका र उनका परिवारजनले उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

    नेपाल नेत्रज्योति सङ्घ कालिकोटको आयोजना तथा रिड्ली आइ फाउन्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविर जुम्लाको चन्दननाथ आँखा अस्पतालमा सम्पन्न भएको हो । 

    हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवाश नेपालका अनुसार तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा कुल ५८४ जना बिरामीको आँखा परीक्षण गरिएको थियो भने १७३ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । साथै, शिविरमार्फत आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

    उनका अनुसार कर्णालीजस्ता दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिक अझै पनि सामान्य स्वास्थ्य सेवाबाट वञ्चित छन् । विशेषगरी आँखासम्बन्धी रोगका बिरामी आर्थिक अभाव, भौगोलिक विकटता तथा जानकारीको कमीका कारण वर्षौँसम्म उपचार नपाई पीडामा बस्न बाध्य हुने अवस्था छ । यस्ता निःशुल्क शिविरले गाउँघरमै पुगेर सेवा प्रदान गर्दा उपचारको पहुँच नपुगेका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन् ।

    नेपाल नेत्रज्योति सङ्घले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी–आँखा सेवामा साझेदारी’ भन्ने मूल नारासहित देशभर आफ्नो सञ्जालमार्फत निरन्तर रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । दुर्गम तथा पिछडिएका क्षेत्रलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएका शिविरले अन्धोपन निवारण तथा गुणस्तरीय आँखा सेवाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

    सङ्घका अनुसार, स्थापनादेखि सन् २०२५ को अन्तिमसम्ममा सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend