तनहुँ, १८ वैशाख । कृषि विकास कार्यालयले चैतेधान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई ८५ प्रतिशतसम्म अनुदान प्रदान गरेको छ ।
किसानले चैतेधान लगाउन छाडेपछि यसको संरक्षणका लागि व्यावसायिक चैते धान खेती प्रवर्द्धनमा जोड दिइएको उक्त कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीले बताएका छन्।
उन्ले भन्े, “अनुदान पाएपछि किसानले उत्साहित भएर चैतधान रोपेका छन् । चैतेधानको बीउसँगै सिँचाइको व्यवस्था नभएका स्थानमा कुलो खन्नसमेत अनुदान दिइएको छ ।”
यो वर्ष तीन हजार ८०० रोपनीमा चैतेधानखेती गरिएको छ । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा व्यावसायिक रूपमा चैतेधानखेती भएको छ ।




.gif)





