images

२०८३ आश्विन १६ गते

images
images
images

सुदूरपश्चिम प्रदेशसभाः बजेट अधिवेशन आरम्भ

सुदूरपश्चिम प्रदेशसभाः बजेट अधिवेशन आरम्भ

images
images
बिहिवार, बैशाख १७ २०८३
बिहिवार, बैशाख १७ २०८३
  • सुदूरपश्चिम, १७ वैशाखः सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) प्रारम्भ भएको छ । 
     
    आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६लाई संशोधन गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सामाजिक विकासमन्त्री मेघराज खड्काले उक्त प्रस्ताव पेस गरेका थिए ।
     
    यसअघि सभामुख भीमबहादुुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा वाचन गर्नुहुँदै आठौँ अधिवेशन उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका थिए ।
      
    बैठकमा सत्तापक्ष नेपाली कांग्रेसका डम्मरी महरा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजेन्द्रसिंह रावल र प्रमुख प्रतिपक्ष नेपाली कम्युुनिष्ट पार्टी (नेकपा)का प्रकाश रावलले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend