images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • साताको अन्तिम कारोबार दिन घट्यो नेप्से,...

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि ओरालो

साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि ओरालो

images
images
बिहिवार, बैशाख १७ २०८३
बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौँ, १७ वैशाख । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। पछिल्ला दुई दिनदेखि ओरालो लागिरहेको बजारले यस दिन पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।

    images
    images

    बिहीबार नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा झरेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स ०.०७ अंक, फ्लोट इन्डेक्स ०.२९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०१ अंकले घटेका छन्।

    कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३४६ स्टकको ८० हजार ४२७ पटकको कारोबारमा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ७७ हजार कित्ता शेयर किनबेच भएको छ।

    images
    images

    यस दिन श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको शेयरमूल्य सर्वाधिक १२.५७ प्रतिशतले बढेको छ। त्यस्तै, शिखर पावर डेभलपमेन्ट र एशियन हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले वृद्धि भएको छ। अन्य स्टकहरूको मूल्यवृद्धि भने ५ प्रतिशतभन्दा कम रहेको छ।

    यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक १०.३८ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो, जसको २६ करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भयो। त्यसैगरी, आँखु खोला जलविद्युत कम्पनीको करिब २२ करोड रुपैयाँ र नेशनल हाइड्रोपावर कम्पनीको १९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

    उपसमूहगत प्रदर्शन हेर्दा १३ मध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूह ओरालो लागेका छन्। बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूह सामान्य बढेका छन् भने घटेका उपसमूहहरूको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।

    समग्रमा बजारमा सामान्य करेक्सन देखिए पनि लगानीकर्तामा सतर्कता बढेको संकेत देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend