काठमाडौँ, १७ वैशाख । सोपान फर्मास्यूटिकल्स लिमिटेड को प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड को कार्यालयमा उक्त आईपीओ बाँडफाँट सम्पन्न भएको हो।
कम्पनीले गत बैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३४ लाख ७४ हजार ९०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो, जसको कुल रकम ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबर रहेको थियो।
उक्त आईपीओमा कुल २७ लाख ३० हजार ९८७ जना आवेदकबाट २ करोड ९९ लाख ६ हजार ५२० कित्ताका लागि आवेदन परेको थियो। मागभन्दा अत्यधिक आवेदन परेपछि गोला प्रथामार्फत बाँडफाँट गरिएको हो।
बाँडफाँट अनुसार ३ लाख ४७ हजार ४९० जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकको हात खाली रहेको छ।




.gif)





