काठमाडौँ, १७ वैशाख । बिहीबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यस अवधिमा परिसूचक ४.३९ अंकले घट्दै २७४०.०५ विन्दुमा झरेको हो।
प्रि–ओपन सेसनमा कुल ५० वटा स्क्रिप्समा २ हजार ४८२ कित्ता सेयर किनबेच हुँदा २२ लाख ६८ हजार ५२६ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा सहभागी मध्ये १४ वटा स्टकको मूल्य बढ्दा २८ वटाको मूल्य घटेको छ भने ६ वटा स्टकको मूल्य स्थिर रहेको छ।
यसअघि बुधबार दिनभर उतारचढावमा रहेको बजार अन्ततः २५।८१ अंकले घटेर बन्द भएको थियो।




.gif)





