काठमाडौँ, १७ वैशाख । आज वैशाख शुक्ल पक्षको चतुर्दशी तिथि परेको छ, जसलाई नृसिंह जयन्ती का रूपमा पनि मनाइन्छ। तदनुसार आज सन् २०२६ अप्रिल ३० तारिख हो।
बिहीबारको दिन भगवान विष्णु तथा देवताका गुरु वृहस्पति को पूजा गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार आज व्रत बस्दा धन, सन्तान तथा विद्या प्राप्ति हुने मान्यता रहेको छ। यसै दिन लक्ष्मी को पूजा पनि गरिन्छ, जसले घरमा सुख(समृद्धि ल्याउने विश्वास छ।
कसरी गर्ने पूजा ?
बिहानै स्नान गरी पहेँलो वस्त्र धारण गर्नुपर्छ। त्यसपछि पहेँलो फूल र चन्दन मिलाएर प्रसाद तयार पार्ने र भगवान विष्णु लाई अर्पण गरी विधिपूर्वक पूजा गर्नुपर्छ। यसरी श्रद्धापूर्वक पूजा गर्दा भगवान प्रसन्न भई घरमा सधैँ आशीर्वाद रहने विश्वास गरिन्छ।
यो व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्ने चलन छ। अनुराधा नक्षत्र परेको दिन सुरु गर्न सके अझ शुभ मानिन्छ। व्रत कम्तिमा ७ महिना वा १३ महिनासम्म निरन्तर गर्नुपर्ने धार्मिक मान्यता रहेको छ।
व्रतको दिन शुद्ध भई पहेँलो वस्त्र लगाएर ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्ने बताइन्छ।




.gif)





