images

२०८३ आश्विन १७ गते

images
images
images

ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथ यात्राका लागि कडा सुरक्षा व्यवस्था

ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथ यात्राका लागि कडा सुरक्षा व्यवस्था

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • ललितपुर, १६ वैशाख । ललितपुर जिल्लामा जारी ऐतिहासिक रातो मत्स्येन्द्रनाथ रथ यात्राको सुरक्षा व्यवस्थापनलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।

    images
    images

    Donalt Tromp .jpg

    नेपाल प्रहरीका अनुसार यात्राको क्रममा भीड व्यवस्थापन, सम्भावित दुर्घटना रोकथाम तथा शान्ति–सुरक्षालाई प्राथमिकतामा राखी पर्याप्त प्रहरी परिचालन गरिएको छ। संवेदनशील स्थानहरूमा अतिरिक्त प्रहरी बल खटाइएर निगरानी कडा पारिएको छ।

    images
    images

    यो वर्षको रथ यात्रा भक्तजनहरूको ठूलो सहभागितासहित अघि बढिरहेको छ। यात्रालाई व्यवस्थित, सुरक्षित र शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनसँग समन्वय गर्दै सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

    नेपाल प्रहरीले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस प्रकारका पर्वहरूमा कुनै पनि अप्रिय घटना हुन नदिन निरन्तर गस्ती, निगरानी तथा भीड व्यवस्थापनलाई प्रभावकारी बनाइरहेको छ।

    रातो मत्स्येन्द्रनाथ रथ यात्रा ललितपुरको प्रमुख सांस्कृतिक सम्पदामध्ये एक भएकाले यसलाई सुरक्षित रूपमा सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न प्रहरीले आग्रह समेत गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend