images

२०८३ आश्विन १७ गते

images
images
images

बुधबार श्रीकृष्णको पूजा गर्नाले मिल्छ विशेष फल

बुधबार श्रीकृष्णको पूजा गर्नाले मिल्छ विशेष फल

images
images
बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ । आज २०८३ साल वैशाख १६ गते बुधबार परेको छ। आज वैशाख शुक्ल पक्षको त्रयोदशी तिथि रहेको छ भने अन्तर्राष्ट्रिय नृत्य दिवस पनि आजकै दिन परेको छ। तदनुसार आज सन् २०२६ अप्रिल २९ तारिख हो।

    images
    images

    हिन्दु धर्मशास्त्रअनुसार हप्ताको प्रत्येक बार कुनै न कुनै देवी–देवतासँग सम्बन्धित मानिन्छ। त्यसमध्ये बुधबार ‘बुध’ ग्रहको दिन मानिन्छ र यस दिन विशेष रूपमा भगवान श्रीकृष्ण (विठ्ठल स्वरूप) को पूजा गर्ने प्रचलन रहेको छ। श्रद्धा र भक्तिभावका साथ यस दिन तुलसीको पात अर्पण गरी कृष्णको पूजा गर्दा विशेष पुण्य प्राप्त हुने विश्वास गरिन्छ।

    धार्मिक मान्यताअनुसार बुधबार नयाँ कामको सुरुवात गर्नका लागि अत्यन्त शुभ दिन मानिन्छ। यस दिन व्रत बस्ने र भगवान कृष्णको आराधना गर्ने भक्तजनले मनोकामना पूरा हुने विश्वास राखिन्छ।

    images
    images

    बुधबार के गर्दा मिल्छ शुभ फल ?

    गाईलाई हरियो घाँस खुवाउँदा सबै देवी–देवताको कृपा प्राप्त हुने विश्वास छ।
    मुंगको दाल दान गर्दा कष्ट निवारण हुने धार्मिक मान्यता छ।
    भगवान गणेशलाई सिन्दूर चढाउँदा इच्छित काम पूरा हुने जनविश्वास पाइन्छ।
    जसको कुण्डलीमा बुध ग्रहको दोष छ, उनीहरूले गणेशलाई लड्डु चढाउनु विशेष फलदायी मानिन्छ।

    धार्मिक ग्रन्थहरूका अनुसार बुधबार गरिएका पुण्यकर्मले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ। त्यसैले श्रद्धापूर्वक पूजा, दान र सत्कर्म गरेर जीवनलाई समृद्ध बनाउन सकिने धार्मिक विश्वास रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend