images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता...

काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

images
images
मंगलवार, बैशाख १५ २०८३
मंगलवार, बैशाख १५ २०८३
  • धुलिखेल (काभ्रेपलाञ्चोक), १५ वैशाख । जिल्लाको कोशीपारिस्थित भुम्लु गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चिता र दिगोपना पालिका’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नाराका साथ भुम्लु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पूर्ण खोप सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी सो घोषणा गरिएको हो ।

    images
    images

    पालिकालाई पूर्ण खोप सुनिश्चिता र दिगोपना पालिका’ घोषणा गर्दै जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले भुम्लु गाउँपालिका जिल्लाका १३ वटा पालिकामध्येको पूर्ण खोप सुनिश्चितामा यो तेस्रो पालिका भएको बताएका छन । 

    यसका लागि खोप लगाउन गाउँगाउँ र घरघरसम्म पुगेर सचेतना जगाउने काममा भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासले सम्भव भएको बताउँदै उहाँले आगामि दिनमा त्यसलाई दिगोपना दिनका लागि पनि उतिकै भूमिका खेल्नुपर्नेमा जोड दिएका छन ।

    images
    images

    सो क्रममा उनले भुम्लु गाउँपालिकाले पालिकास्तरीय बालसञ्जाल गठनको घोषणा गरेर अब वडा र सिङ्गो गाउँपालिकालाई नै बालमैत्री घोषणा गर्न थप सहयोग पुगेको बताएका छन ।

    कार्यक्रममा भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले पालिका स्वास्थ्य शाखाको सक्रियतामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको मेहनतले सिङ्गो पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्न सफल भएको बताएका छन । उनले बालमैत्री शासन व्यवस्था स्थापनाका लागि अब पालिकालाई बालमैत्री पालिका घोषणा गर्ने काममा लागिपर्न बालसञ्जाल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सक्रियता महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन ।

    गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले खोपको सुनिश्चितता सँगै अब दिगोपना दिनका लागि बालबालिकाका अभिभावकहरुलाई पनि खोपको महत्व बुझाउन जरुरी रहेको बताएका छन ।

    कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका खोप अधिकृत पार्थमणि न्यौपानेले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि एवं रोगसँग लड्नसक्ने शक्ति विकासका लागि जन्मेको १५ महिनाभित्रमा गुणस्तरीय खोप लगाइसक्नुपर्ने बताएका छन । 

    त्यस्तै १५ महिनाभित्र खोप लगाएको सुनिश्चिताका लागि १६ देखि २३ महिनाभित्रका बालबालिकाको खोजी गरी खोप लगाएको सुनिश्चितता गर्ने काम सम्पन्न गरेर पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको उहाँले जानकारी दिएका छन ।

    गाउँपालिका स्वास्थ्य शाखा अधिकृत बालकृष्ण गौतमले गाउँपालिकाका सबै वडामा गत चैत १६ गतेका दिनसम्ममा १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै खोप दिलाइ पूर्णखोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको बताएका छन ।

    पालिकाका सबै महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नुका साथै पालिकाका सबै स्वास्थ्यमध्ये कार्यसम्पादनमा पहिलो हुन सफल वडा नं ९ ज्याम्दी स्वास्थ्य चौकी, दोस्रो हुन फल वडा नं २ सिमथली स्वास्थ्यचौकी र वडा नं ८ का भुम्लुटार स्वास्थ्यचौकीलाई सम्मानपत्र सहित सम्मान गरिएको छ ।

    काभ्रेपलाञ्चोकमा स्थानीय तहको स्रोतको परिचालन गरेर पालिकामा पूर्ण खोप सुनिश्चिचता र दिगोपना पालिका घोषणा गर्ने अभियान निरन्तर अगाडि बढिरहेको छ । जिल्लाका १३ पालिकामध्ये अहिलेसम्ममा नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिसकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend