images

२०८३ आश्विन १७ गते

images
images
images

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

images
images
सोमवार, बैशाख १४ २०८३
सोमवार, बैशाख १४ २०८३
  • तेह्रथुम, १४ वैशाख । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृजना गरेको हो । 

    images
    images

    गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारको चोत्लुङ पार्कमा आयोजित चोत्लुङ साहित्य गोष्ठीमा भारत सिक्किमकी अनुसन्धाता एवं कवि सन्ध्या सिङ्जागो सुब्बाले कविता वाचन गरेका छन। उहाँसँगै दुई दर्जनभन्दा बढी चर्चित कविहरूका कविताले दुई दिनसम्म चोत्लुङ पार्क गुञ्जयमान बन्यो । रैथाने वास्तु शैलीमा निर्मित पर्यटकीयस्थल चोत्लुङ पार्कमा यस किसिमको कार्यक्रम आयोजना गरेर लालीगुराँस नगरपालिकाले कला–साहित्यको मूल्यवोध गरेको विराटनगरदेखि आएकी कवि एवं आख्यानकार सीमा आभाषले बताएका छन। 

    गुराँस साहित्य गोष्ठीमा सङ्घीय राजधानी काठमाडौँसहित विभिन्न जिल्ला र छिमेकी मुलुक भारतसम्मका ख्यातिप्राप्त कविहरूले प्रकृति, संस्कृति, सामयिकता, प्रेम र मानवीय संवेदना समेटिएका कविता वाचन गरेर कविताका पारखीहरूलाई मन्त्रमुग्ध बनाएका थिए । कविता गोष्ठीको मुख्य आकर्षणका रूपमा रहेका चलचित्र निर्देशक, आख्यानकार एवं कवि उपेन्द्र सुब्बाले समाजलाई गति दिन र समृद्ध बनाउन यस्ता वैचारिक जमघट र विमर्शहरू हुन आवश्यक रहेको बताएका छन। 

    images
    images

    भनिन्छ, साहित्य हृदयको भाषा हो । कविता अभिव्यक्तिको एक विशिष्ट रूप हो । कला–साहित्यले समाजका सुन्दर र कुरुप दुवै पक्षलाई कलात्मक प्रस्तुतिकासाथ उजागर गर्दछ । जसले समाजलाई चेतना प्रदान गर्दछ । यही सत्यलाई आत्मसात् गरेर जलवायु परिवर्तन र त्यसको असर न्यूनीकरणका लागि साहित्यका माध्यमबाट सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले बताएका छन। 

    प्रकृतिको सुन्दर काखमा प्रकृतिप्रति प्रेम दर्शाउन र प्रकृति संरक्षणको सन्देश फैलाउन आयोजना गरिएको गुराँस साहित्य गोष्ठीमा स्थानीय पर्यटन प्रवर्द्धन र विकास, गुराँस संरक्षणको सवाल साथै जलवायु परिवर्तन र मुन्धुमी ज्ञानबीचको सम्बन्धबारे पनि विमर्श गरिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend