images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • लाभांश, हकप्रद प्रस्ताव सहित मन्दाकिनी हाडड्रोले...

लाभांश, हकप्रद प्रस्ताव सहित मन्दाकिनी हाडड्रोले डाक्यो साधारणसभा

लाभांश, हकप्रद प्रस्ताव सहित मन्दाकिनी हाडड्रोले डाक्यो साधारणसभा

images
images
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश र हकप्रद प्रस्ताव पारित गर्न मंसिर ७ गते ११औं वार्षिक साधारणसभा बोलाएको छ । सभा, नेपाली चुलो, लाजिम्पाट, काठमाडौंमा बिहान ८ बजे बस्नेछ ।

    images
    images

    सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफा समेतबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै, लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको १ः१.२५ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

    साथै सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्नेछ । 

    images
    images

    त्यसैगरी कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, लगानी अनुमोदन तथा थप गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिनेलगायत एजेन्डा रहेका छन् ।

    सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने जनाएको छ । कात्तिक २७ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend