images

२०८३ आश्विन १७ गते

images
images
images

रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेलतर्फ लैजाने तयारी

रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेलतर्फ लैजाने तयारी

images
images
आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • काठमाडौ, ललितपुर । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथ यात्रा आज आइतबार लगनखेलतर्फ अघि बढाइँदैछ। शनिबार सुन्धाराबाट तानिएको रथ चक्रबहिलसम्म पुर्‍याइएको थियो। आइतबारको तालिकाअनुसार रथलाई चक्रबहिलबाट लगनखेलतर्फ लगिने कार्यक्रम रहेको छ।

    images
    images

    रथ यात्रामा ललितपुर तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहेको छ। वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो र महत्वपूर्ण सांस्कृतिक उत्सवमध्ये एकका रूपमा परिचित छ।

    ऐतिहासिक मान्यताअनुसार रातो मत्स्येन्द्रनाथ जात्राको सुरुवात लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा भएको हो। पौराणिक कथनअनुसार काठमाडौं उपत्यकामा १२ वर्षसम्म परेको खडेरी अन्त्य गर्न राजा नरेन्द्रदेव, तान्त्रिक वन्धुदत्त आचार्य र ललितपुरका ज्यापूहरूको प्रयासमा भारतको कामरूप कामाख्याबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको थियो।

    images
    images

    गुरु गोरखनाथले नवनागहरूलाई ध्यानमा थुनेका कारण वर्षा रोकिएको विश्वास गरिन्छ। पछि मत्स्येन्द्रनाथको आगमनपछि गोरखनाथ ध्यानबाट उठ्दा नागहरू मुक्त भई वर्षा भएको जनविश्वास रहँदै आएको छ। त्यसै समयदेखि मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पूजा गर्दै यो भव्य जात्रा मनाइँदै आएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend