images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँं...
हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँं सडक खुल्यो

हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँं सडक खुल्यो

हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँं सडक खुल्यो

हेटौँडा र काठमाडौंलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौं सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।

images
images
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • हेटौँडा र काठमाडौंलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौं सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।

    images
    images

    मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोला स्थित सडकमा ह्युमपाइप राखेर मर्मत सम्भार भएपछि सो सडक दुईतर्फी नै सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    गत असोज १० देखि १२ गते सम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मत सम्भार गरेर असोज २० गते देखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युम पाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो ।

    images
    images

    सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend