images

२०८३ आश्विन १७ गते

images
images
images

कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड

कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड

images
images
शनिवार, बैशाख १२ २०८३
शनिवार, बैशाख १२ २०८३
  • काठमाडौँ, १२ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका १० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उहाँले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागिपरेको बताउनुभयो । 

    “प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौँ”, कूटनीतिक नियम सबैले पालना गर्नुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्री खनालले भन्नुभयो ।

    images
    images

    फरक प्रसङ्गमा सरकारले सुशासन र आर्थिक समृद्धिको पक्षमा काम गरिरहेको उहाँले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रअनुसार सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend