images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • सर्वोत्तम स्टिल्सले वीरगञ्जमा ३९.२२ मेगावाट सौर्य...

सर्वोत्तम स्टिल्सले वीरगञ्जमा ३९.२२ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने

सर्वोत्तम स्टिल्सले वीरगञ्जमा ३९.२२ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने

images
images
शुक्रवार, बैशाख ११ २०८३
शुक्रवार, बैशाख ११ २०८३
  • काठमाडौं । सर्वोत्तम स्टिलको सहायक कम्पनी इनर्जी म्यानेजमेन्ट प्रालिले वीरगञ्जमा ३९.२२ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने भएको छ । कम्पनीले वीरगञ्जमा ३९.२२ मेगावाटका सौर्य ऊर्जा उत्पादन गर्ने योजनासहित प्लान्ट निर्माण गर्न लागेको हो ।सन् २०२५ को सेप्टेम्बरमा दर्ता भएको कम्पनीले ‘बगाही सोलार पीभी प्रोजेक्ट’ सञ्चालनमा ल्याउने जनाएको छ । सर्वोत्तम स्टिलको पूर्ण स्वामित्व रहेको यस कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५४ करोड ८३ लाख रुपैयाँको रेटिङ गराएको छ ।सौरभ ग्रुपद्वारा सञ्चालित कम्पनीको सोलार प्लान्ट आयोजना निर्माणको पहिलो चरणमा रहेको छ । हालसम्म आयोजनाको १२ प्रतिशत वित्तीय प्रगति भएको छ।

    images
    images

    कम्पनीले उक्त आयोजना निर्माण गर्न २ अर्ब १३ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । कम्पनीका अनुसार प्रतिमेगावाट उत्पादन गर्न ६ करोड ४७ लाख रुपैयाँ खर्च हुनेछ । कम्पनीले आयोजना निर्माणका लागि ७२:२८ को लगानी अनुपात राखेको छ । हालसम्म प्रवर्द्धकले प्रतिबद्धता जनाएको मध्ये ६७ प्रतिशत रकम व्यवस्थापन गरिसकेको छ ।कम्पनीले ५९ हजार ८ सय ७८ युनिटका ‘बाइफेसियल मोड्युल पीभी एरे’ सहित सौर्य ऊर्जा प्लान्ट स्थापना गरिरहेको छ । जसमा पहिलो वर्षमा अनुमानित १ प्रतिशत वार्षिक क्षय र त्यसपछिका वर्षहरूमा ०.४ प्रतिशत वार्षिक क्षय हुने अनुमान गरिएको छ । कम्पनीले वार्षिक ऊर्जा उत्पादनको ग्यारेन्टी गर्ने व्यवस्था गरेको छ । साथै, ऊर्जा उत्पादनमा कुनै कमी भएमा त्यसको क्षतिपूर्ति गर्ने प्रावधान समेत कम्पनीले राखेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend