images

२०८३ आश्विन १७ गते

images
images
images
वाणिज्य बैंकको नाफा

२ महिनामा वाणिज्य बैंकको नाफा साढे १७ अर्ब नाघ्यो, कुन बैंकले कति कमाए ?

२ महिनामा वाणिज्य बैंकको नाफा साढे १७ अर्ब नाघ्यो, कुन बैंकले कति कमाए ?

राष्ट्र बैंकको तथ्याङ्कका अनुसार नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ भने माछापुच्छ्रे बैंकले सबैभन्दा कम नाफा आर्जन गरेको छ ।

images
images
सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामै वाणिज्य बैंकहरुले साढे १७ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको दुई महिनामा अर्थात साउन र भदौ महिनामा हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

    यो नाफा गत आर्थिक बर्ष २०८०/८१ को सोही अवधीको तुलनामा ६.३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको यस्तो नाफा १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ मात्रै रहेको थियो ।

    images
    images

    राष्ट्र बैंकको तथ्याङ्कका अनुसार नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । नविल बैकले यो दुई महिनाको अवधिमा १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    नाफाकै आधारमा दोस्रो स्थानमा भने ग्लोबल आइएमई बैंक देखिएको छ । ग्लोबल आइएमईले दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।

    यस्तै तेस्रो स्थानमा रहेको एनआइएमबि बैंकले भने समिक्षा अवधिमा १ अर्ब ४१ करोड २८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ ।

    चौंथो स्थानमा रहेको हिमालयन बैंकले पनि दुई महिनाको अवधिमा १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउदा पाँचौं स्थानमा फड्को मारेको कुमारी बैंकले १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

    यस्तै, प्राइम बैंकले ९७ करोड ४६ लाख, प्रभूले ९१ करोड ३२ लाख, कृषि विकासले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख र एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ ।

    यता, एनएमबि बैंकले पनि ७८ करोड २ लाख, सानिमा ६८ करोड ९२ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, सिद्धार्थले ६० करोड ५६ लाख, सिटिजनले ५८ करोड ९८ लाख, एनआइसी एशिया ५७ करोड ७५ लाख, नेपाल एसबिआईले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend