images

२०८३ कार्तिक ४ गते

images
images
images

नेप्सेमा ४७.४४ अंकको फराकिलो अंकको गिरावट

नेप्सेमा ४७.४४ अंकको फराकिलो अंकको गिरावट

images
images
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • आइतबार नेप्से परिसूचक ४७.४४ अंक घटेर २६९७.९१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.९१ अंक घटेको छ भने फ्लो इण्डेक्स ३.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५७ अंक घटेको छ।

    images
    images

    नेप्से घटेपनि यस दिन भोल्यूम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब १९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ८८ हजार ७१४ पटकको कारोबारमा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ८ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २०९ रुपैयाँ ९० पैसा बढेर २ हजार ३०८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन ड्रादी ग्रुप पावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यस दिन इष्टर्न हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९७ रुपैयाँ ३० पैसा घटेर ८७५ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।

    images
    images

    कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४५ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन कुमारी बैंकको करिब ३८ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको २६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्यूत, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend