images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • इरान वार्तामा नआए पहिले कहिल्यै नदेखेका...

इरान वार्तामा नआए पहिले कहिल्यै नदेखेका समस्याहरू सामना गर्नुपर्ने ट्रम्पको चेतावनी

इरान वार्तामा नआए पहिले कहिल्यै नदेखेका समस्याहरू सामना गर्नुपर्ने ट्रम्पको चेतावनी

images
images
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • वासिङ्टन डीसी । अमेरिका र इरानबीच पाकिस्तानमा सम्भावित वार्ताको चर्चा चलिरहेको छ । यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अन्ततः वार्तामा आउने दाबी गरेका छन् । इरान वार्ताको टेबलमा नबसेमा आफू विश्वस्त रहेको सोमबार जोन फ्रेडरिक्स शो नामक रेडियो कार्यक्रममा छोटो टेलिफोन अन्तर्वार्ताका क्रममा ट्रम्पले बताए । इरान वार्तामा नआए पहिले कहिल्यै नदेखेका समस्याहरू सामना गर्नुपर्ने चेतावनी पनि ट्रम्पले दिए । 

    images
    images

    ‘ठीक छ, उनीहरू वार्ता गर्नेछन् र यदि उनीहरूले त्यसो गरेनन भने उनीहरूले पहिले कहिल्यै नदेखेका समस्याहरू देख्नेछन्,’ ट्रम्पले भने, ‘आशा छ उनीहरूले निष्पक्ष सम्झौता गर्नेछन् र उनीहरूले आफ्नो देशलाई पुनः निर्माण गर्नेछन् ।’  समाप्त गर्नुअघि ट्रम्प सैन्य कारबाही गर्नुको आफ्नो औचित्यबारे समेत बोले । ‘ भन्न चाहन्छु कि इरानमा हामीसँग कुनै विकल्प थिएन’ उनले भने,  ‘हामीसँग विकल्प थिएन, हामीले त्यसो गर्नैपथ्र्यो ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend