images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि...

समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्काशन गर्ने

समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्काशन गर्ने

images
images
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । 

    images
    images

    लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर जारी गर्ने भएको हो ।

    साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग सेयरका लागि सर्वसाधारणका लागि एफपीओ जारी गर्न लागेको हो ।

    images
    images

    हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात् लघुवित्तको चुक्ता पुँजी ५९ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।

    लघुवित्तको एफपीओमा लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवदिभित्र पूर्ण आवेदन नपरेमा आवेदन दिने समय कात्तिक २६ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ । लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् ।

    एफपीओ निष्काशन प्रयोजनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend