images

२०८३ आश्विन २३ गते

images
images
images

चाडपर्वका बेला पनि घटेन विदेशिने क्रम

चाडपर्वका बेला पनि घटेन विदेशिने क्रम

images
images
आइतवार, कार्तिक ४ २०८१
आइतवार, कार्तिक ४ २०८१
  • काठमाडौँ । चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ ।

    images
    images

    वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।  असोजमा १७ हजार सात सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतारमा, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया गएका छन् । 

    यसैगरी, असोजमा युरोपेली मुलुक रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि वृद्धि भएको छ । गत भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेसिएका थिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend