images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • दाङ शान्तिनगरमा प्राधिकरणको कार्यालय निर्माणसँगै सेवा...

दाङ शान्तिनगरमा प्राधिकरणको कार्यालय निर्माणसँगै सेवा सुरु

दाङ शान्तिनगरमा प्राधिकरणको कार्यालय निर्माणसँगै सेवा सुरु

images
images
मंगलवार, बैशाख ८ २०८३
मंगलवार, बैशाख ८ २०८३
  • दाङ, ८ वैशाख । दाङको शान्तिनगर गाउँपालिका–५ रगैचामा विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरको नयाँ कार्यालय भवन निर्माण सम्पन्न भएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सुरेश महतोले रु २५ लाख ९० हजार ६१६ लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिएका छन। 

    images
    images

    उक्त भवन निर्माणको जिम्मा प्रेमधन निर्माण सेवाले प्राप्त गरेको थियो । गत आर्थिक वर्षमा निर्माणको जिम्मा पाएको कम्पनीले केही महिना अगाडि काम सम्पन्न गरेकामा नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ । 

    कार्यालय प्रमुख महतोका अनुसार सोमबारदेखि विद्युत् प्राधिकरण वितरण केन्द्रले पश्चिमका नागरिकका लागि सोही कार्यालयबाट सेवा प्रवाह गरिएको छ । यहाँबाट सेवा प्रवाह भएपछि अब त्यहाँका नागरिकलाई विद्युत्को महसुल बुझाउन १८ किलोमिटर टाढा रहेको तुलसीपुरमा आउनुपर्ने बाध्यता अन्त्य भएको छ । 

    images
    images

    गाउँमै विद्युत् कार्यालयले सेवा सुरु गरेपछि आफूहरूलाई निकै सहज भएको स्थानीय विवेक कुँवरले बताएका छन। । वर्षौँदेखि भोग्दै आएको सास्ती अब विस्तारै हट्दै गएको अनूभूति भएको उनको भनाइ छ । स्थानीय गिरीराज बस्नेतले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण सम्भव भएको विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ । 

    हाल उपलब्ध जनशक्ति र स्रोतसाधनबाट सेवा सुरु गरिएको केन्द्र प्रमुख महतोले जानकारी दिएका छन। विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख दीपक गौतमले भवनको उद्घाटन गर्दै ग्रामीण तहसम्म  विद्युत् सेवा विस्तार भएसँगै नागरिकलाई  छिटोछरितो सेवा प्रवाह गर्नमा मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन। । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend