images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • मर्स्याङ्दी बेंसी जलविद्युत् आयोजनामा स्थानीयलाई लगानी...

मर्स्याङ्दी बेंसी जलविद्युत् आयोजनामा स्थानीयलाई लगानी अवसर

मर्स्याङ्दी बेंसी जलविद्युत् आयोजनामा स्थानीयलाई लगानी अवसर

images
images
सोमवार, बैशाख ७ २०८३
सोमवार, बैशाख ७ २०८३
  • लमजुङ, वैशाख ७ गते । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेंसी जलविद्युत् आयोजनामा स्थानीयवासीले पनि लगानी गर्न पाउने भएका छन् ।दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भइरहेको यस आयोजनामा स्थानीय बासिन्दाका लागि संस्थापक सेयर बिक्री खुला गरिएको हो । आयोजनाबाट प्रभावित क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ र ९ तथा बेसीशहर नगरपालिका वडा नं. ६ र १० का बासिन्दालाई प्राथमिकताका साथ सेयर उपलब्ध गराइने कम्पनीका परियोजना प्रबन्धक उमेश नेपालले बताउनुभयो ।उहाँका अनुसार संस्थापक सेयर खुला भएसँगै स्थानीयमा लगानीको अवसर सिर्जना हुनुका साथै आयोजनाप्रति स्वामित्व भावना अभिवृद्धि हुने विश्वास गरिएको छ । प्रभावित क्षेत्रका स्थानीयलाई न्यूनतम एक लाख रुपियाँदेखि अधिकतम एक करोड रुपैयाँसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

    images
    images

    स्थानीयलाई लगानीमा सहजता दिन पाँच लाख रुपियाँसम्म लगानी गर्नेका लागि एक किस्ता, १० लाख रुपियाँसम्म लगानी गर्नेका लागि दुई किस्ता र सोभन्दा माथि लगानी गर्नेका लागि तीन किस्तामा रकम बुझाउने व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ । निर्माणको काम ७० प्रतिशत पूरा भएपछि बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाका बासिन्दालाई साधारण सेयर (आईपीओ) समेत जारी गरिनेछ ।स्थानीय स्रोत, साधन तथा जनशक्तिको अधिकतम उपयोग गर्दै आयोजना निर्माण भइरहेको परियोजना प्रबन्धक नेपालले बताउनुभयो । आयोजनाले स्थानीय विकास, रोजगारी तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।संस्थापक सेयर बिक्री प्रक्रिया २०८३ साल असोज ३ गतेदेखि १५ गतेसम्म खुला रहनेछ । आवेदन फाराम आयोजनास्थल नजिकै मस्र्याङ्दी–९ बगैँचास्थित सम्पर्क कार्यालय तथा काठमाडौंको थापाथलीस्थित प्रधान कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

    २०७४ असोज १ गते वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भई २०७५ भदौ १० गते विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएको यस आयोजनाको लागत करिब १० अर्ब रुपियाँ अनुमान गरिएको छ । साढे दुई वर्षभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।यसअघि प्रस्तावित डिजाइनमा परिवर्तन गरी हाल मस्र्याङ्दी गाउँपालिका–९ बगैँचामा बाँध र बेसीशहर–१० भोटेफाँटमा विद्युत् गृह निर्माण गरिनेछ । नयाँ संरचनाअनुसार सुरुङमार्ग हटाई पेनस्टक पाइप प्रयोग गरिनेछ ।‘रन अफ दि रिभर’ प्रकृतिको यस आयोजना ३० प्रतिशत इक्विटी र ७० प्रतिशत बैंक ऋणमार्फत निर्माण हुनेछ । उत्पादित विद्युत् उदिपुर सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।आयोजनाबाट वार्षिक करिब साढे तीन करोड रुपियाँ रोयल्टी नेपाल सरकारला बुझाइने र सो रकम प्रभावित स्थानीय तहमा वितरण हुने जनाइएको छ । वातावरणीय असर न्यूनिकरण गर्न प्रभावित क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरिने आयोजनाले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend