images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • सामसङ नेपालद्वारा विशेष ‘माइक्रोवेभ मास्टर क्लास’...

सामसङ नेपालद्वारा विशेष ‘माइक्रोवेभ मास्टर क्लास’ आयोजना

सामसङ नेपालद्वारा विशेष ‘माइक्रोवेभ मास्टर क्लास’ आयोजना

images
images
आइतवार, बैशाख ६ २०८३
आइतवार, बैशाख ६ २०८३
  • काठमाडौँ । सामसङ नेपालले भान्साको कामलाई स्मार्ट र रमाइलो बनाउने उद्देश्यले विशेष ‘माइक्रोवेभ मास्टर क्लास’ सफलतापूर्वक सम्पन्न गरेको छ।शनिबार द्वारका प्यालेसमा आयोजित उक्त कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकले सहभागीहरूलाई कुकिङ सीप सिकाएका थिए । मास्टर क्लासमा सामसङका सोलो, ग्रिलर कन्भेक्सन माइक्रोवेभ मोडलहरूको प्रयोग गरी कसरी पोषण र स्वाद कायम राख्दै विभिन्न परिकार बनाउन सकिन्छ भन्ने प्रत्यक्ष प्रदर्शन गरिएको थियो। 

    images
    images

    शेफ उलकले छिटो खाना तताउनेदेखि ग्रिलिङ, बेकिङ र मल्टि(स्टेज कुकिङका विभिन्न तरिकाहरू प्रस्तुत गरेका थिए ।  यस कार्यक्रममा सहभागीहरूले सामसङ ‘स्मार्टथिङ्गस’ एपको प्रयोग गरी बेस्पोक एआई वाशिङ मेसिन र रेफ्रिजरेटर जस्ता उपकरणहरूलाई कसरी स्मार्ट तरिकाले नियन्त्रण गर्न सकिन्छ भन्ने अनुभव समेत गरेका थिए।इनोभेटिभ किचन समाधानमार्फत ग्राहकलाई सशक्त बनाउने लक्ष्यका साथ आयोजना गरिएको यो कार्यक्रममा गृहिणी, प्रविधि प्रेमी र खाना पकाउन रुचि राख्नेहरूको उल्लेख्य सहभागिता थियो। सामसङका माइक्रोवेभहरू हाल देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend